सनातन ज्ञान

अध्याय : ४ 

३७. जसरी प्रज्वलित अग्निले  इन्धनलाई जलाएर भस्म गर्दछ, त्यसरी नै, हे अर्जुन ! ज्ञान रुपी अग्निले भौतिक कर्महरुको सम्पूर्ण फललाई जलाउदछ |    

३८. यो संसारमा दिव्यज्ञान को समान केहि पनि सुद्द तथा उदात छैन | यस्तो ज्ञान सम्पूर्ण योगको परिपक्क फल हो | जो व्यक्ति भक्तिमा सिद्ध हुन्छ, उ यथासमय आफ्नो अन्तर्मनमा यो ज्ञानको आस्वादन गर्दछ | 

३९. जो श्रदालु यस भागवतज्ञान प्रति समर्पित छ र जसले आफ्ना इन्द्रियहरुलाई आफ्नो वसमा राखेको छ, उ नै यस दिब्य ज्ञान प्राप्त गर्नका लागि अधिकारी छ र यस पवित्र ज्ञान प्राप्त गर्नासाथ उ तत्काल अध्यात्मिक शान्तिलाई प्राप्त गर्दछ |  

४०. तर जो अज्ञानी श्रद्दारहित  मनुस्य यस दिव्य ज्ञानमा सन्देह वा शंका गर्दछ, उसले यो भागवत ज्ञानलाई प्राप्त गर्न सक्दैन | संसयआत्माका लागि न त यस लोकमा न त परलोकमै सुख शान्ति हुन्छ |

अध्याय : ५  

१.अर्जुनले भने - हे कृष्ण पहिला हजुर मलाई कर्म त्याग गर्नका लागि भन्नुहुन्छ र पुन: भक्तिपुर्वक कर्म गर्ने आज्ञा दिनुहुन्छ। कृपय हजुर मलाई निस्चित रुपले यो भन्नुहुन्छ की यी दुबै कर्महरुमा कुन अधिक लाभप्रदायक हुन्छ? 

२. भगवान श्री कृषणले भन्नुभयो- मुक्तिका लागि त कर्मको परित्याग तथा भक्तिमय कर्म दुबै उत्तम हुन्छन । तर यी दुबै कर्महरुमा कर्मको परित्याग भन्दा भक्तिमय कर्म उत्कृष्ट हुन्छ ।

३. जो पुरुष न कर्म देखि घृणा गर्दछ न कर्म फलको इच्छा राख्दछ, उ नित्य सन्यासी हो भनेर जन्नुपर्दछ । हे माहा बाहो अर्जुन ! यस्तो मनुष्य सम्पूर्ण द्वन्दहरु देखि मुक्त भएर भवबन्धन बाट पार भई पुर्ण रुपले मुक्त हुन्छ ।

१९. जसको मन एकत्व तथा समतामा स्थित हुन्छ, उसले जन्म तथा मृत्युको बन्धनलाई पहिले नै जितिसकेको हुन्छ। उ ब्रह्म जस्तै निर्दोष हुन्छ र सधैं ब्रम्हमा नै स्थित रहन्छ।
२०. जो न प्रीय बस्तु पाउना साथ हर्षित हुन्छ र अप्रीय बस्तु प्राप्त हुनसाथ विचलित हुन्छ, जो स्थिर बुद्धिको हुन्छ, जो मोहरहित हुन्छ, जो भगवदविध्या  ज्ञानी हुन्छ उ पहिले  देखि नै ब्रम्हमा स्थित रहन्छ।
२१. यस्तो मुक्त पुरुष भौतिक इन्द्रियसुख तर्फ आकृष्ट हुँदैन, अपितु सधैं  समाधीमा रहेर आफु भित्रको आनन्दको अनुभव गर्दछ। यसैगरी स्वरुपसिद्ध पुरुष परब्रह्ममा एकाग्रचित हुनाले असिम सुख भोग्दछ।

२२. बुद्धिमान मानिस दुखका कारणहरुमा भाग लिंदैन जो भौतिक इन्द्रियहरुको संसर्ग द्वारा उत्पन्न हुन्छ | हे कुन्तेय ! यस्ता भोगहरुका आदि तथा अन्त्य हुने गर्दछ | अत: बुद्धिमान व्यक्ति यस्ता कुरामा आनन्द लिंदैनन |  

अध्याय : ८

१. अर्जुनले भने- हे भगवन ! हे पुर्षोतम ! ब्रह्म के हो ? सकाम कर्म के हो ? यो भौतिक जगत के हो ? तथा देवताहरु के हुन ? कृपया मलाई सविस्तार बताउनुहोस । 

२. हे मधुसुदन ! यज्ञका स्वामी को हुन ? र  यो शरिरमा कसरी रहन्छ ? साथै मृत्युको समय भक्तिमा लागिरहने व्यक्ती हजुरलाई कसरी जान्न सक्दछन ?  

अध्याय :१८

१. अर्जुनले भने-हे माहाबाहु ! म त्यागका उद्देश्य वारे जान्न इच्छुक छु, हे केशिनिषुदन, हे हृषीकेश ! म त्यागमय जिवनका उद्देश्य बारे पनि जान्न इच्छुक छु। 

२. भग्वानले भन्नुभयो-भौतिक बस्तुहरुको पुर्तिका लागि गरिने कर्महरुको परित्यागलाई ज्ञानी विद्वानहरु सन्यास भन्दछन, भने सम्पुर्ण कर्मको फलको त्यागलाई उनिहरु त्याग भन्दछन।

३. केहि ज्ञानी तथा विद्वानहरु यो घोषण गर्दछन कि सबै प्रकारका सकाम कर्महरुलाई दोषपूर्ण सम्झेर त्यागिदिनु पर्दछ | तथापी केहि विद्वानहरु यो पनि मान्दछन कि यज्ञ, दान तथा तपस्या जस्ता कर्महरुलाई कहिल्यै पनि त्याग्नु हुदैन | 

४. हे भारत श्रेष्ठ ! अब त्यागका विषयमा मेरो विचार सुन | हे नाराशाद्रुल ! शास्त्रमा पनि तिन प्रकारका त्यागको वर्णन गरिएको छ | 

५. यज्ञ, दान  तथा तपस्या जस्ता कर्महरुलाई कहिल्यै पनि त्याग्नु हुदैन | यी कर्महरुलाई अवश्य सम्पन्न गर्नुपर्दछ | यी त्यस्ता कार्य हुन् जसले माहात्माहरुलाई पनि शुद्द बनाउदछ | 

६. यी सम्पूर्ण कार्यहरु कुनै पनि किसिमको फलको आसा नराखी आसक्ति रहित भएर सम्पन्न गर्नु पर्दछ | हे प्रिथापूत्र ! यी कर्महरुलाई आफ्नै  कर्तव्य ठानेर पूरागर्नुपर्दछ | यहि नै मेरो अन्तिम विचार हो | 

७. निर्धारित कर्तव्यहरुलाई कहिल्यै पनि त्याग्नु हुदैन | यदि कोहि मोह वा प्रलोभन वस, आफ्ना निर्दिष्ट कर्महरूलाई त्याग्दछ भने त्यस्तो त्यागलाई तामसी त्याग भनिन्छ |

८. जो व्यक्ती शारीरिक कष्टका भयले आफ्नो निर्धारित वा नियत कर्महरुलाई त्याग गर्दछ, त्यस्ता कर्महरु रजोगुणी त्याग कहलाउछन। यसो गर्नाले त्यागिलाई त्यागको उच्चतम फल कहिल्यै पनि प्राप्त हुदैन ।

९. हे अर्जुन ! जब मानिसले नियत कर्महरुलाई आफ्नै ठानेर पूरा गर्दछ र सम्पुर्ण भौतिक तथा संँसारीक संगती  र कुनै पनि प्रकारका कर्म फलको आसक्तिलाई त्यागिदिदंछ भने उस्को यो त्यागलाई सात्विक त्याग भनिन्छ ।

१०. सतो गुणले युक्त पुरुष न त अशुभ कर्महरुलाई घृणा  गर्दछ न त शुभ कर्महरुप्रती आशक्त हुँदछ । त्यस्तो पुरुष कर्मका विषयमा कुनै प्रकारको संँशय राख्दैन।

११. निसन्देह कुनै पनि देहधारी प्राणीलाई कर्महरुबाट छुटकारा पाउन असम्भव छ | तर जो कर्म फल त्यागेर कर्म गर्दछ, उहिनै वास्तवमा त्यागी कहलाउछ | 

१२. ति जो कर्म फललाई त्याग्न सक्दैनन्  वा त्यागी छैनन् , उनीहरुले मृत्यु पछी इच्छित, अनिच्छित, मिश्रित गरी तिन प्रकारका कर्मफलहरुलाई भोग्नु पर्दछ | तर ति जो सन्यासी छन् , उनीहरुले सुख र दु:खका यस्ता कर्मफल्हारुलाई भोग्नु पर्दैन | 

१३. हे महाबाहू अर्जुन ! वेदान्तका अनुसार सम्पूर्ण कर्महरु सम्पन्न हुनका लागि पांच ओटा  कारणहरु हुन्छन | अब तिमि यसका बारेमा सुन |

१४. शरीर, कर्ता, विभिन्न इन्द्रीयहरू, अनेकौ प्रकारका चेष्टाहरु र परमात्मा, यी सबै कर्मका पांच कारक तत्वहरु हुन् | 

१५. मानिसले आफ्नो शरीर, मन या वाणी (वचन) जे जति उचित या अनुचित कर्महरु गर्दछन, ति सबै यीनै पांच कारणहरुका फलस्वरूप हुन् |  

१६. अतएव जो यी पाँच  कारण्हरुलाई नमानी आफुलाई नै एक मात्र कर्ता ठान्दछ, त्यो वुद्धिहीन व्यक्ती हो र उसले सम्पुर्ण वस्तु सहि रूपले देख्न सक्दैन।

१७. जो मिथ्या अथवा  गलत अहंकारबाट प्रेरित  छैन, जसको विवेक बांधिएको छैन, उसले यस संंसारमा मनिसहरुलाई मारिरहेता पनि मारेको मनिन्दैन र न त उ त्यस्तो कर्म द्वारा बन्धनमा पर्दछ। 

१८. ज्ञान, ज्ञेय(जान्न योग्री), ज्ञाता (ज्ञान ग्रहण गर्ने व्यक्ती) यी तिन तत्वहरु कर्मका प्रेरणा दिने कारण्हरु हुन । इन्द्रियहरु, कर्म तथा कर्म यी तीन कर्मका संघटक (कर्म गर्ने अङ्गहरु) हुन ।

१९. प्रकृतिका तिन गुण अनुसार नै ज्ञान,कर्म, तथा कर्ता तीन तीन हुन्छन। अब तिमी यी भेदहरुका बारेमा जान ।

२०. जुन ज्ञानले धर्तिमा रहेका सम्पुर्ण जिवहरुमा एउटै अबिनशी परमात्मालाई अबिभाजित रुपमा देख्दछ भने त्यस्तो ज्ञान सात्विक ज्ञान हो भनी जान।

२१.जुन ज्ञान द्वारा मानिस प्रत्येक जिवका शरीरमा भिन्दा भिन्दै जिवआत्मा देख्दछ भने, त्यस्तो ज्ञान राजसी ज्ञान हो भनी जान।

२२. यदि कुनै पनि मानिस सत्यको ज्ञान बिना एकै प्रकारका अतिनै तुच्छ कार्यहरूलाई सबैथोक मानेर त्यही कार्यमा आसक्त  रहिरहन्छ भने त्यस्तो ज्ञानलाई तामसी ज्ञानलाई तामसी ज्ञान भनिन्छ।

२३. कुनै पनि कार्य गर्दा फलको चाहाना नराखी राग, द्वेष र आशक्ति रहित भएर नियमित रुपमा गरिने कार्य वा कर्मलाई सात्विक कर्म भन्दछन | 

२४. तर व्यक्तिगत वा आफ्नैमात्र ईच्छापूर्णका लागि लोभ तथा अहंकारको भाव राखेर कठिन परिश्रमका साथ गरिएका कार्य तथा कर्मलाई राजोगुणी (राजसी) कर्म भन्दछन | 

२५. सास्त्रहरुले देखाएका बाटाहरुलाई त्यागि कुनै पनि भावी बन्धनको प्रबाह नगरी हिम्सा वा अरुलाई दुख दिनका लागि मोहवस गरिने सम्पूर्ण कर्महरु तामसी कर्म हुन् | 

२६.  जो व्यक्ति भौतिक गुणको प्रबाहमा नपरी अहंकार नराखी संकल्प र उत्साहपूर्वक आफ्नो कर्महरु सम्पन्न गर्दछ, र सफलता र असफलतामा उत्साहित तथा अविचलित हुदैन, यस्ता कर्तालाई सात्विक स्वभाव वाला  कर्ता भनिन्छ |  

२७. त्यो व्यक्ति जो कर्मफल प्रति आसक्त हुन्छ, प्रत्येक कर्मका फललाई भोग्न चाहन्छ, जो लोभी इर्ष्यालु तथा अपवित्र छ र सुखमा मातिने र दुखमा विचलित हुने स्वभावको छ, उसलाई राजसी स्वभाव वाला भनिन्छ | 

२८. त्यो कर्ता जो सदा शास्त्रगत आदेश विरुद्द कार्य गर्दछ, जो भौतिक वादी , असभ्य, घमण्डी, कपटी,अल्छी अरुलाई अपमान गर्न माहिर छ, जो दिर्घसुत्री छ, त्यस्ता कर्तालाई तामसी कर्ता भनिन्छ | 

२९. हे धनन्जय ! अब म प्रकृतिका तिन गुण अनुसार तिमीलाई बिभिन्न प्रकारका बुद्धि तथा धृतिका वारेमा सविस्तार वर्णन गर्दछु|  यसलाई तिमी ध्यान दिएर सुन | 

३१. हे  पार्थ ! जुन बुद्धि वा विबेक द्वारा धर्म तथा अधर्म वा आफ्नो कर्तव्य र अकर्तव्यलाई छुट्याउन छुट्याउन अथवा थाहा पाउन सक्दैन। जो अधुरो ज्ञान भएको छ त्यो बुद्धि  राजसी बुद्धि हो।

३२. हे पार्थ ! जुन बुद्धि वा विबेकले अधर्मलाई धर्म मान्दछ, सम्पुर्ण हितहरुलसिइ अहित देख्दछ। त्यस्तो बुद्धि तामसी बुद्धि हो।

३३.व्यभिचार रहित धारणालेब्मानिसको मन, प्राण र इन्द्रियहरुका क्रीयाकलापलाई जसले धारण गर्दछ, त्यो सात्विक धाराणा हो। मन, प्राण र इन्द्रियका कार्यहरुलाई आफ्ना ईष्टका दिशामा फर्काउनु नै सात्विक धारणा हो।

४५. आ-आफ्ना कर्मका गुण्हरुलाई पालना गर्दै प्रत्येक व्यक्ति सिद्ध हुन सक्दछ। अब तिमी  यो सुनकी यी कर्महरु कसरी गर्दछन।

४६. त्यो जो सबै प्राणीको उदगम बिन्दु हो र जो सर्वव्यापी छ, उनै ईश्वरको उपासना गरेर मनुस्यले  पुर्णता प्राप्त गर्न सक्दछ।

४७.  कसैको कार्य वा व्यवसायलाई  अति सुन्दर ढङ्गले गर्नु भन्दा, आफ्नो वृती वा स्वभावद्वारा उत्पन्न  कार्यलाई त्रुटिपुर्ण ढङ्गले गर्नु  उत्तम हो। आफ्नो स्वभाव अनुसार निर्दिष्ट कर्म कहिलै पनि पाप द्वारा प्रभावित हुन्दैन ।

४८. प्रत्येक कर्म वा प्रयासमा कुनै न  कुनै दोष हुने गर्दछ, जसरी अग्निमा धुवाँ आवृत हुने गर्दछ । अतएव ! हे कुन्तीपुत्र ! जतिसुकै दोषपुर्ण कर्म भए पनि मानिसले आफ्नो स्वभावद्वारा सृजित कर्मलाई कहिले पनि त्याग्नु हुँदैन ।

४९. जो आत्मासम्यमी तथा अनाश्क्त छ एवं जो सम्पूर्ण भौतिक भोगहरुको आसा तथा प्रवाह गर्दैन, उ सन्यासको अभ्यासद्वारा कर्मफल्को मुक्तको सर्वोच्च तथा उच्चतम सिद्ध अवस्था प्राप्त गर्न सक्दछ | 

५०. हे,  कुन्ती पुत्र ! जसरी यस प्रकारको सिद्दी प्राप्त गरेको व्यक्ति परम सिद्द अवस्था अर्थात ब्रम्ह (सर्वोच्च ज्ञानको आस्था ) लाई प्राप्त गर्दछ | यसका बारेमा म् तिमीलाई संक्षिप्तमा वर्णन गर्दछु , यस ज्ञानलाई तिमि जान |

५१-५३ . आफ्नो वुद्दी तथा विवेक द्वारा शुद्द भई तथा धैर्यपूर्वक मनलाई आफ्नो वसमा राख्दै, इन्द्रीयहरू द्वारा प्राप्त हुने सुख तथा विषयहरुलाई त्यागी, राग तथा द्वेषबाट मुक्त भइ जो व्यक्ति एकान्त स्थानमा (एक चित्त भै) रहन्छ, जो शरीरलाई आवश्यक पर्ने मात्रामा भोजन ग्रहण गर्दछ, जो आफ्नो शरीर, मन तथा वाणीलाई बसमा रख्दछ, जो संधै सामाधिष्ट तथा वोधयुक्त रहन्छ तथा पूर्णतया विरक्त वा आशक्ती रहित, मिथ्या अहंकार, शक्ति तथा गर्व(घमण्ड/अहंकार), काम, क्रोध तथा भौतिक वस्तुहरुको संग्रह देखि मुक्त रहन्छ, जो मिथ्या स्वामित्वको भावना देखि रहित तथा शान्त छ, उ  निश्चय नै आत्मा- साक्षात्कारको मार्ग प्राप्त गर्दछ (यसका लागि उ योग्य छ ) |   

५४. यसरी नै जो त्यो दिव्यपदमा पुगेकोछ, उसले तुरुन्तै परब्रम्हको अनुभव गर्न सक्दछ साथै उ पुर्णतया प्रसन्न रहन्छ। उ, न त कहिल्यै शोक गर्दछ, न त कुनै वस्तुको कामना राख्दछ। उ प्रत्येक जीव प्रति समभाव राख्दछ। यो अवस्थामा उसले मेरो(ईश्वरको) शुद्ध भक्तिलाई प्राप्त गर्दछ ।

५५. केवल  भक्तिद्वारा मेरो (भगवान)को यथा रुपलाई जान्न सकिन्छ । जब मनुष्य यस्तै प्रकारको भक्तिद्वारा मेरो पूर्ण भावनामृत (इश्वरीय भावमा)हुन्छ, तब उसले बैकुण्ठ (इश्वरीय जगत) मा प्रवेश गर्दछ ।

५६. मेरा परम तथा शुद्ध भक्तहरु मरो समरक्षणमा विभिन्न प्रकारका कार्यहरुमा सम्लागन रहेर पनि मेरै कृपा द्वारा नित्य तथा अविनाशी धामको प्राप्त प्राप्त हुन्छन | 

५७. सम्पूर्ण कर्मका लागि म माथि निर्भर बन साथै मेरै सम्झना र संरक्षणमा  कर्महरु गर  यस प्रकारको भक्तिमा म माथि पूर्णरुपले सचेत रहो | 

५८. यदि तिमि म (इश्वर) संग  भावानाभावित भयौ भने , मेरो कृपा द्वारा तिमीले बद्ध जीवनका सारा अवरोधहरु बाट  पार पाउने छौ | तर यदि तिमि अहंकारद्वारा यस्तो (सुद्ध)  चेतनामा कर्म गर्दैनौ भने तथा मेरो कुरालाई सुन्दैनौ  भने, निश्चित छ तिमि नष्ट हुने छौ |    

Comments